शुरु भयो ब्राजिलमा रियोको रौनक

शुरु भयो ब्राजिलमा रियोको रौनक

केन्द्रबिन्दु
0
Shares

विश्कै सबैभन्दा ठूलो, पुरानो र चर्चित कार्निभल, रियो कार्निभल ब्राजिलमा शुरु भएको छ । ब्राजिलको मुख्य पर्यटकीय शहर रियोमा दश दिनसम्म चल्ने कार्निभलमा यो वर्ष विश्वभरबाट झण्डै एक करोड मानिस सहभागि हुने अनुमान गरिएको छ । दक्षिण अमेरिकाका मात्र नभइ विश्वभरिकै पर्यटक यो कार्निभलमा सहभागि हुन ब्राजिली शहर रियो पुगेका छन् ।

हरेक दिन झण्डै दशौं लाख मानिस सडकमा उत्रिएर रियो महोत्सवमा रमाउने अनुमान आयोजकको छ । रियो कार्निभलले ब्राजिलको कला, संस्कृति र मौलिकतालाई विश्वभर नै चिनाउन मद्धत गरेको छ ।

ब्राजिलको चर्चित नृत्य साम्बा रियो कार्निभलको मुख्य आकर्षण हो । अहिले रियोका सडकहरुमा संगीतको तालमा साम्बा नृत्यमा रमाउनेहरुको बाक्लो भिंड देख्न सकिन्छ । कार्निभलमा ब्राजिलको मात्र नभइ दक्षिण अमेरिकाकै संस्कृति झल्कने झाँकीहरु रहका छन् । साम्बा परेडमा हलिवुड स्टारदेखि विश्व खेलकुदका हस्ति पनि पुग्ने गरेका छन् ।

ब्राजिलमा सन् १७२३ बाट रियो कार्निभल शुरु भएको हो, तर कार्निभलमा साम्बा नृत्य सन् १९२८ मा आएर मात्र समावेश गरिएको थियो । ब्राजिलमा रियो कार्निभल शुक्रवार शुरु भएर दश दिन पछिको सोमबार सकिने परम्परा रहेको छ ।

 

Logo