काठमाडौं ।
हिन्दूहरको पर्व महाशिवरात्री आज देशभरीका विभिन्न शिवालयहरुमा मनाइएको छ । भगवान शिवको पूजा आराधाना गरी महाशिवरात्री हरेक वर्षको फागुन कृष्ण त्रियोदशीका दिन मनाइने गरिन्छ ।

शिवरात्रीको अवशरमा पशुपति क्षेत्रमा नशालू पदार्थ सेवन गर्न नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। यद्यपी सेवनकर्ताको संख्या भने झन बढेको छ ।

यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।

आजका दिन भगवान शिवलाई जाडो नहोस् भन्नका लागि प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने गरिन्छ।
तस्बिर: सुजन श्रेष्ठ/केन्द्रबिन्दु





























प्रतिक्रिया