काठमाडौं ।
नेकपाभित्र चर्किएको विवाद यथावत रहेकैबीच प्रधानमन्त्री केपी शर्मा ओली (आज) बुधबार नेपाल–चीन सीमा क्षेत्र किमाथांका जाने भएका छन् ।
संखुवासभास्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण गर्न उनी आज त्यसतर्फ जाने भएका हुन् ।
यसक्रममा ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पनि अनुगमन गर्ने कार्यक्रम छ । यस बाहेक अरू कुनै विशेष कार्यक्रम नभएकाे बताइएकाे छ ।





























प्रतिक्रिया