काठमाडौँ
एमाले अध्यक्ष केपी ओली सहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । "/>

एमालेमा मुख्यमन्त्रीको टुंगो चुनावबाटै, ओलीले गरेनन् सहमतिको प्रयास

एमालेमा मुख्यमन्त्रीको टुंगो चुनावबाटै, ओलीले गरेनन् सहमतिको प्रयास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
एमाले अध्यक्ष केपी ओली सहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोड घटाउ’ मा व्यस्त देखिएकै वेला ओली सहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । उता मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् । एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीन वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरू बीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।

सबैतिर चुनाव हुन्छ : झलनाथ खनाल

स्थायी समिति बैठकमा कुराकानी हुँदा सर्वसम्मत हुने स्थिति देखिएन । त्यसकारण सबै प्रदेश सभा संसदीय दल आफैँले नेता छान्ने कुरा भइसकेको छ । सबैतिर चुनाव हुन्छ । अब सहमति जुटाउनका लागि अन्तिम प्रयास हुँदैन, यही लाइन सबैतिर गइसकेको छ ।

अहिले नै भन्न सकिन्न : प्रदीप ज्ञवाली

आकांक्षीलाई बोलाएर सम्झाउने प्रयास भइरहेको छ । अध्यक्ष र महासचिवले टेलिफोन मार्फत पनि कुराकानी गरिरहनु भएको छ । तर सहमति भएको छैन । संघीयतामा प्रदेश सभा आफैँमा अधिकार सम्पन्न संरचना भएकाले प्रदेश सभा दलले नै दलको नेता चुन्न पाउने कुरा स्वाभाविक छ । तर यसको अर्थ सहमतिको प्रयास हुँदैन भन्ने होइन । प्रयास जारी छ, कति सफल हुन्छ भन्न सकिन्न ।
नयाँपत्रिकाबाट

 

Logo