काठमाडौँ
राष्ट्रियसभा सदस्यको मतपरिणाम आए लगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मत सीमा (थे्रसहोल्ड) ३ प्रतिशत भन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवार मध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दललाई तीन दिनको समय दिई बिहीबार नै पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
‘फागुन ५ भित्रै सबै परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको योजना छ’, प्रवक्ता ढकालले भने। दलहरूले गरेको सिफारिस अनुसार समावेशी समूह मिले, नमिलेको जाँच गरी नमिलेको भए मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ । प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१ सिट, कांग्रेसले ४०, माओवादीले १७ र संघीय समाजवादी फोरम तथा राजपाले ६,६ सिट प्राप्त गरेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया