कञ्चनपुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबार देखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । "/>

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबार देखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताए । “गणनाका लागि २६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्”, उनले भने, “ निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ ।”

गणना कार्य झण्डै बीस दिन सम्म चल्नेछ । सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ । यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ । डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो । बाघ गणनासँगै आहारा प्रजातिका रुपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ । गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए । बाघ गणना कार्यको शुभारम्भ आइतबार राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले गरेका थिए ।
रासस

Logo