संखुवासभा
संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो । "/>

संखुवासभामा ९५ प्रतिशत नागरिक साक्षर

संखुवासभामा ९५ प्रतिशत नागरिक साक्षर

केन्द्रबिन्दु
0
Shares

संखुवासभा
संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका कार्यक्रम उपनिर्देशक बालकृष्ण गैरेले सरकारले जारी गरेको १२ सूचक मध्ये ७ वटा सूचक पूरा गर्ने जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको बताए ।

उनले जिल्लालाई आगामी चैत भित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले १० स्थानीय तह मध्ये मकालु, भोटखोला, सिलिचोङ गाउँपालिका र चैनपुर नगरपालिकामा मात्र साक्षर जिल्ला घोषणाको प्रतिशत नपुगेको बताए । सामान्यतया ९५ प्रतिशत साक्षर भएमा घोषणा गर्न सकिने पोख्रेलले बताए । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले मापडण्ड पुगेमा छिट्टै साक्षर जिल्ला घोषणा गर्नु पर्ने बताए । उनले घोषणा पछि पनि नवसाक्षरहरूको सिकाईलाई निरन्तरता र बाँकी रहेका निरक्षरहरूलाई पनि साक्षरता तथा जीवनोपयोगी सिप सिकाउँदैै सवल, सक्षम र आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।
नागरिकबाट

Logo