जनकपुर
आइतबार प्रदेश नम्बर २ मा पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । बैठक सुरु भए लगत्तै सभाकक्षमा मधेस आन्दोलनका सहिदको तस्बिर नराखिएको भन्दै राजपाका प्रदेशसभा सदस्यले आपत्ति जनाए । "/>

सहिदको तस्बिर सभाकक्षमा नराखेपछि प्रदेश २ मा विवाद

सहिदको तस्बिर सभाकक्षमा नराखेपछि प्रदेश २ मा विवाद

केन्द्रबिन्दु
0
Shares

जनकपुर
आइतबार प्रदेश नम्बर २ मा पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । बैठक सुरु भए लगत्तै सभाकक्षमा मधेस आन्दोलनका सहिदको तस्बिर नराखिएको भन्दै राजपाका प्रदेशसभा सदस्यले आपत्ति जनाए । राजपाका मनिष सुमनले सबैभन्दा पहिला उठेर सभामुख समक्ष सहिदको तस्बिर राख्न माग गरे ।

राजपाकै अर्का सदस्य परमेश्वर साहले विरोध जनाउँदै भने, ‘हामी सहिदकै त्यागले आज यो एेतिहासिक बैठकमा बस्न पाएका छौं र उहाँहरुकै सम्मान नहुँनु निन्दनीय हो।’ राजपा सांसदले सहिदको तस्बिर नराखे सम्म बैठक चल्नै नदिने अडान राखेर विरोध स्वरुप सदनमा उभिएका थिए । यसै क्रममा माओवादी केन्द्रका सदस्य भरत कुमार साहले मधेस आन्दोलनका साथै जनआन्दोलनका सहिदको तस्बिर पनि सभाकक्षमा राख्नु पर्ने माग गरे । सदस्यहरुको मागलाई हेर्दै सभामुख चौधरीले आगामी बैठकमा मधेस आन्दोलनका सहिदको तस्बिर सभाकक्षमा राखिने आश्वासन दिएपछि बैठक सुचारु भएको थियो।
अन्नपूर्णबाट

Logo