धुलिखेल

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनु पर्ने बताएका छन् । "/>

अब रगत निःशुल्क हुनु पर्छ : नेता थापा

अब रगत निःशुल्क हुनु पर्छ : नेता थापा

केन्द्रबिन्दु
0
Shares

धुलिखेल

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनु पर्ने बताएका छन् । आज काभ्रेको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्मान कार्यक्रममा बोल्दै उनले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनु पर्ने बताए । त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नु पर्ने उनले सुझाव दिए ।

“मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ”, थापाले भने । सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नु पर्नेमा जोड दिए । “आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ”, उनले भने ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिले सम्ममा दुई लाख ३० हजार भन्दा बढीले रक्तदान गरिसकेको बताइन् । “अब हाम्रो देशमा कृत्रिम रगत छैन, रक्तदाता देशै भरि भएकाले रगतको अभावमा कृत्रिम रगत खोज्नु पर्ने अवस्था छैन”, उनले भनिन् । सो अवसरमा उनले कुल रक्तदाता संख्याको १५ प्रतिशत मात्रै रक्तदाता महिला भएकाले त्यसलाई बढाएर यस वर्षमा ३० प्रतिशत पु¥याउने अभियान चलाइरहेको बताइन् । कार्यक्रममा ५० पटक भन्दा बढी रक्तदान गर्ने काभ्रेका १० जना रक्तदातालाई सम्मान गरी बाजागाजा सहित बनेपा नगर परिक्रमा गराइएको थियो ।
रासस

Logo