संयुक्त राष्ट्रसंघीय सिड कमिटीमा दोस्रो कार्यकालका लागि बन्दना राणा पुनर्निर्वाचित

संयुक्त राष्ट्रसंघीय सिड कमिटीमा दोस्रो कार्यकालका लागि बन्दना राणा पुनर्निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

महिला विरुद्ध हुने सवै प्रकारको विभेद अन्त्य गर्ने महासन्धिको कार्यान्वयको अनुगमन गर्ने विज्ञहरु संलग्न समिति (CEDAW समिति) मा नेपालको तर्फबाट उम्मेद्वार श्रीमती बन्दना राणा पुनर्निर्वाचित भएकी छिन् । स्वतन्त्र विज्ञका हैसियतमा आगामी २०२१-२०२४ अवधिका लागि श्रीमती राणा दोस्रो पटक समितिमा निर्वाचित भएकी हुन् ।

मानव अधिकार परिषदमा पुन:निर्वाचित भएको एक महिनाभन्दा कम समय अवधिभित्रै अर्को महत्वपूर्ण अंगमा सफलता हासिल हुनु नेपालको लागि एउटा महत्वपूर्ण उपलब्धी हो । अत्याधिक प्रतिष्पर्धापूर्ण निर्वाचनमा संसारभरका १९ प्रतिष्पर्धी मध्ये १६ जनालाई पछि पार्दै कुल १३७ मत प्राप्त गरी तेस्रो स्थानमा विजय सुनिश्चित गर्ने कार्य कम चुनौतीपूर्ण भने थिएन ।

परराष्ट्र मन्त्रालयको सवल नेतृत्व तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुसँगको प्रभावकारी समन्वयमा न्यूयोर्कस्थित स्थायी नियोगको रणनीतिबद्ध अथक प्रयासबाट दुवै निर्वाचनमा सफलता हासिल हुन सकेको छ । दुवै निर्वाचनहरुमा सफलता हासिल गर्ने दिशामा सुझबुझका साथ सन्तुलित रुपमा चुनावी अभियान सञ्चालन गरिएको थियो । प्रतिष्पर्धि मुलुकहरुको तुलनामा श्रोत साधनको सिमितताका बाबजुद स्थायी प्रतिनिधि तथा अन्य अधिकारीहरुको समकक्षीहरुसँगको निरन्तर सम्पर्क र फलो अप तथा नियोग नेतृत्वले अवलम्बन गरेको विशेष approach नेपालको सम्मानजनक सफलताका लागि निर्णायक भएको छ ।

यसले नेपाली उम्मेद्वारको व्यक्तिगत क्षमता र योग्यताउपर सदस्य राष्ट्रहरुको दरिलो विश्वास र अझ महत्वपूर्ण-राष्ट्र संघ समुदायमा मित्रराष्ट्रहरुको नेपाल प्रतिको सदभावलाई पनि पुन: एक पटक उजागर गरेको छ । राष्ट्र संघ लगायत अन्य अन्तर्राष्ट्रीय समुदायमा अझ बढी “देखिने र सुनिने” नेपालको आकांक्षालाई हासिल गर्न यस सफलताहरुले टेवा पुर्याएको विश्वास गरिएकाे छ ।

Logo