जोगी जस्तै घर दैलो चाहर्दै हिँड्ने बाबा लाग्छ यी । गेरु बस्त्र धारण गरेका यी बाबाको नाम हो, गोल्डेन बाबा । बाबाजीको कुरा सुन्नुभयो भने तपाई अचम्ममा पर्नुहुनेछ । "/>

मामुली होइन यी ‘बाबा’, औडी, बिएमडब्ल्यु र दिल्लीमा छ केहि फल्याट (६ फोटो)

मामुली होइन यी ‘बाबा’, औडी, बिएमडब्ल्यु र दिल्लीमा छ केहि फल्याट (६ फोटो)

केन्द्रबिन्दु
0
Shares

जोगी जस्तै घर दैलो चाहर्दै हिँड्ने बाबा लाग्छ यी । गेरु बस्त्र धारण गरेका यी बाबाको नाम हो, गोल्डेन बाबा । बाबाजीको कुरा सुन्नुभयो भने तपाई अचम्ममा पर्नुहुनेछ । किनभने यी मामुली बाबा होइनन् ।

बाबाजीको फ्यान फलोइङ धेरै छन् । अब धनको कुरा गर्ने हो भने, झन अचम्म लाग्न सक्छ । बाबासँग २१ वटा त सुनको चेन छ । २१ देवताको लकेट छ । गोल्डेन ज्याकेट पनि छ ।

कुल मिलाएर यी सो कल्ड सन्यासीसँग १४ दशमलव ५ किलोग्राम सुन छ । यी सबैलाई बाबाीले आफ्नो यात्राका क्रममा लगाउने गर्छन् । बाबाजी पैदल होइन, एसयुभिको छतमा बसेर यात्रा गर्छन् । उनको अघिपछि १६ वटा गाडीको लस्कर हुन्छ ।

बाबासँग भारु २७ लाख रुपैयाँ पर्ने सुनको घडी छ । रोलेक्स घडी । साथसाथै उनीसँग बिएमडब्ल्यु कार छ । औडी कार छ । साथै अरु केहि महंगा र लक्जरियस कार पनि छन् ।

बाबाजीको नाममा इन्दरापुरम र गाजियाबादमा दुई फ्ल्याट पनि छ । बाबाजीसँग कुल एक सय पचास करोड भारुको सम्पति भएको अनुमान गरिन्छ ।

 

Logo