भरुवा बन्दुुकसहित राउत पक्राउ

भरुवा बन्दुुकसहित राउत पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । 

बन्दुुकसहित पक्राउ पर्नेमा गुुजरा नगरपालिका–३ बलुुआटोलका ३५ वर्षीय धरीछन राउत रहेको प्रहरीले जनाएको छ । भरुवा बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । 

राउतले उक्त बन्दुक बोकेर शिकार गर्ने उद्देश्यले जंगलतर्फ गइरहेको क्रममा बिहीबार प्रहरी चौकी हरिनगरको टोलीले विशेष सूुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो केही समयदेखि वन क्षेत्रमा चोरी शिकारी बढेको पनि स्थानीयले जनाएका छन् । रासस

Logo