बिहिबार सुष्मा स्वराज नेपालको २ दिने भ्रमणमा आउँदैछिन् । स्वराजको नेपाल भ्रमण दुई देशको आपसी हितकालागि हुने भनिएपनि कतिपयले यसलाई अस्वभाविक भ्रमण भनेका छन् ।
वाम एकता टुटने डर
विदेश मामिलाका जानकारहरु भन्छन्, सरकार बन्नुभन्दा पहिले स्वराज नेपाल आउनु स्वभाविक होईन् । यद्यपी नेपालमा रहेको भारतीय दुतावासले उनको भ्रमणका विषयमा प्रष्ट गरिसकेको छ । एक विज्ञप्ती जारी गर्दै दुतावासले उनको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने बताएको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्नेछिन् । यद्यपी स्वराजको नेपाल भ्रमणको मुख्य उद्देश्य भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी ओलीलाई आफ्नो जालमा पार्नु नै रहेको स्रोत बताउँछ ।
के–के सन्देश ल्याउँदै छिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ?
पछिल्लो समय चीन र नेपालको सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेको बेला स्वराजको यो हतारको भ्रमणलाई कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को चालबाजीका रुपमा लिएका छन् । नेपाल भारत सम्बन्धका जानकार युवराज घिमिरे भन्छन्, गठबन्धनको सरकार बन्ने निश्चित भएपछि भारतको यो हतारोले धेरै महत्व राख्छ ।
मोदीलाई सपथमा वोलाउने ओलीको तयारी ?
उनले भने न’याँ सरकार आइनसकेको अवस्थामा हुन लागेको भ्रमण अस्वभाविक हो। खासगरी ओलीको अघिल्लो सरकारको समयमा बिग्रिएको सम्बन्ध सुधार्न, भारतप्रति नेपालमा बढ्दो अविश्वास र त्यही अनुपातमा चीनसँग बढ्दो सम्बन्धलाई पनि ध्यानमा राखेर नयाँ सत्तासँग कसरी अघि बढ्ने भन्ने प्रारम्भिक लेखाजोखाका लागि उनी आउन लागेको जस्तो देखिन्छ।’ बीबीसी





























प्रतिक्रिया