काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् । "/>

नेपाल – भारत सम्बन्ध सुधार्न मोदी फागुनमा नेपाल आउने

नेपाल – भारत सम्बन्ध सुधार्न मोदी फागुनमा नेपाल आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् । ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् । मार्चको दोस्रो साता भित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।’ –काठमाडौं स्थित भारतीय दूतावासका एक उच्च अधिकारीले बताए।

विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने ती अधिकारीले खुलासा गरे । ती अधिकारीले भने– ‘मोदीको भ्रमणको क्रममा धार्मिक भ्रमणसँगै नेपाललाई भारतले विशेष सहयोगको घोषणा समेत गर्न सक्नेछ ।’ एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको सन्देश दिने मुख्य उद्देश्यका साथ अहिले स्वराजको नेपाल भ्रमण तय भएको उनले बताए । त्यस्तै संकेत गर्दै मोदी–ओली बीच यसअघि नै २ पटक टेलिफोन संवाद भइसकेको छ । भारतीय नाका बन्दीपछि नेपालमा गढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले अहिले स्वराज भ्रमणको तयारी गरेको बताइएको छ । ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणी समेत गरिन थालिएको छ।
नेपाल समाचारपत्रबाट

Logo