काठमाडौं
उपभोक्ताको चौतर्फी विरोधपछि उद्योगीहरुले सिमेन्टको मूल्य थोरै घटाएका छन् । उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २६ रुपैयाँ सम्म घटाएका हुन् । "/>

उपभोक्ताको चौतर्फी विरोधपछि सिमेन्टको मूल्य केहि घट्यो

उपभोक्ताको चौतर्फी विरोधपछि सिमेन्टको मूल्य केहि घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
उपभोक्ताको चौतर्फी विरोधपछि उद्योगीहरुले सिमेन्टको मूल्य थोरै घटाएका छन् । उद्योगीहरुले सिमेन्टको मूल्य प्रतिबोरा २६ रुपैयाँ सम्म घटाएका हुन् । आपूर्ति व्यस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनमा कडाई गरेपछि व्यवासायीले मूल्य घटाएका हुन् । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले प्रतिबोरा ११ रुपैयाँ देखि २६ रुपैयाँ सम्म मूल्य घटाएको जानकारी दिए । “लागत मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा सिमेन्टको मूल्य बढाएका थिए । ” उनले भने, “थोरै भए पनि मूल्य घटाउँदा उपभोक्तालाई राहत मिलेको छ ।”
उद्योगले कच्चा पदार्थको मूल्य बढेको भन्दै प्रतिबोरा एक सय रुपैयाँ सम्म मूल्य बढाएका थिए । अस्वाभाविक रूपमा मूल्य बढाएको भन्दै विभागले अनुगमनमा कडाइ गरेको थियो । विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य ८ सय ८७ मा झरेको छ । सो सिमेन्टले १५ प्रतिशत सम्म मूल्य बढाएको थियो । त्यस्तै अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त सिमेन्टले प्रतिबोरा १ सय १० रुपैयाँ मूल्य बढाएको थियो । अब यो सिमेन्टको प्रतिबोरा मूल्य ७ सय ४० रुपैयाँमा झरेको छ ।
यसैगरी सर्वोत्तम र नारायणी सिमेन्टको मूल्य प्रतिबोरा १०,१० रुपैयाँले घटेको छ । अब नारायणी सिमेन्टको मूल्य ८ सय ८० र सर्वोत्तमको ८ सय ३५ रुपैयाँ पर्नेछ । हेटौंडा सिमेन्टलाई पनि मूल्य घटाउन पत्राचार गरिएको विभागले जनाएको छ । जगदम्बा छडले पनि मूल्य घटाउने प्रतिबद्धता जनाएको छ । यसअघि शालिमारले १६ प्रतिशत, हेटौंडाले १३ प्रतिशत, निर्माणले साँढे १२ प्रतिशत, अग्नीले साँढे १० र मारुती सिमेन्टले ६ प्रतिशत मूल्य बढाएका थिए ।
कारोबारबाट

Logo