काठमाडौं
सरकारले सात वटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् । "/>

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारले सात वटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको छ । समान्य प्रशासन मन्त्रालयले सात वटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवस्यक पर्ने अनुमान गरेको छ । त्यस मध्ये तत्काल अस्थायी व्यवस्थापनको लागि करिब १ हजार ५ सय कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले सात वटा प्रदेशमा अस्थायी व्यवस्थापनका लागि सरकारले कर्मचारी खटाएको बताए । उनले भने, ‘तत्काल अस्थायी व्यवस्थापनको लागि हामीले कर्मचारी खटाएका छौं ।’ सरकारले खटाएका कर्मचारी सम्बन्धित प्रदेशमा जाने क्रममा रहेको पनि उनले बताए । सचिव, सहसचिव सरहका अधिकांश कर्मचारी सम्बन्धित प्रदेशमा पुगेको र अन्य तहका कर्मचारी जाने क्रममा रहेको उनले बताए ।

मन्त्रालयका अनुसार एउटा मुख्य मन्त्रीको कार्यालयमा २९ कर्मचारी खटाइने भएको छ । यस मध्ये १ प्रमुख सचिव (राजपत्रांकित विशिष्ठ श्रेणी), कानुनतर्फ सहसविच १, प्रशासन तर्फ सहसचिव ४ लगायत २९ कर्मचारी हुनेछन् । यसबाट सात वटा प्रदेशमा प्रदेश मुख्यमन्त्रीको लागि मात्र दुई सय तीन कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए । सरकारले क्षेत्रीय प्रशासकलाई मुख्य मन्त्रीको कार्यालयमा खटाएको छ ।
नागरिकबाट

Logo