काठमाडौं
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम–गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । "/>

वाम गठबन्धन संविधान संशोधन गर्न तयार भए सरकारमा जाने उपेन्द्र यादवको खुलासा

वाम गठबन्धन संविधान संशोधन गर्न तयार भए सरकारमा जाने उपेन्द्र यादवको खुलासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम–गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित कार्यक्रममा यादवले भने ,‘ बल एमालेको कोटमा छ, एमाले भित्र पनि अध्यक्ष केपी ओलीजीको कोटमा बल छ, कस्तो गोल हान्नु हुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ ।’

उनले भने ,‘ एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ? पहिले एमालेले संविधान संशोधनको विरोध ग¥यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।’ उनले एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनलाई जनताले सरकार चलाउन स्पष्ट जनादेश दिएकाले आफूहरु सरकारमा जान आवश्यक नरहेको बताए । अध्यक्ष यादवले भने, ‘हाम्रो पार्टीलाई सरकारमा जाने जनादेश छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस ग¥यो भने हामी सहभागी हुन तयार छौँ ।’ उनले भने, ‘ उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।’
नयाँपत्रिकाबाट

Logo