पोखरा
४ नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक २२ माघमा आह्वान भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त बैठक आह्वान गरेका हुन् । "/>

प्रदेश नं. ४ को पहिलो प्रदेश सभा बैठक माघ २२ मा

प्रदेश नं. ४ को पहिलो प्रदेश सभा बैठक माघ २२ मा

केन्द्रबिन्दु
0
Shares

पोखरा
४ नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक २२ माघमा आह्वान भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त बैठक आह्वान गरेका हुन् । कुँवरका तर्फबाट उनको कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवालीले सार्वजनिक सूचना मार्फत प्रदेश सभा बैठक २२ गते बिहान ११ बजेलाई डाकिएको जानकारी गराएका छन् ।

पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा उक्त दिन प्रदेश सभाको पहिलो बैठक बस्ने भएको छ । ज्ञवालीका अनुसार सबै ६० सांसदलाई पनि बैठक आह्वानको सूचना दिइएको छ । ‘सबै जिल्लाका सीडीओहरुलाई सांसदहरुमा सूचना पुर्या‍दिन भनेका छौं’, उनले भने, ‘एसएमएस गरिसकेका छौं, फोन पनि गर्छौं।’

प्रदेश मन्त्रिपरिषद नबनेको हुँदा उक्त दिन प्रदेश प्रमुखले सभालाई सम्बोधन भने गर्ने छैनन् । प्रदेश सरकारले नै तयार गरेको सम्बोधन प्रमुखले गर्ने हुँदा मन्त्रिपरिषद अभाव खट्किएको छ । प्रदेश सभा सचिवालयका लागि सरकारले ७ कर्मचारी खटाइसकेको भए पनि उनीहरु पोखरा आइसकेका छैनन् । उनीहरु आइसकेपछि २२ गतेको प्रदेश सभा बैठकको कार्यक्रम तय हुनेछ ।
अन्नपूर्णबाट

Logo