काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवं प्रदेश ६ का मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादी बीच एकतालाई फलामको चिउरा चपाए सरह भएको बताएका छन् । "/>

अध्यक्ष नपाइए एकता हुन्न : पूर्वमन्त्री शाही

अध्यक्ष नपाइए एकता हुन्न : पूर्वमन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवं प्रदेश ६ का मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादी बीच एकतालाई फलामको चिउरा चपाए सरह भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टी बीचको एकता सजिलो नभएको स्पष्ट पारेका हुन् । ‘अब कम्युनिस्टका लागि अग्निपरीक्षा सुरु भएको छ,’ उनले भने । उनले दुई पार्टी बीचको एकता फलामको चिउरा चपाउनु सरह भएकाले दाँत भाँचिन सक्ने खतरा रहेको बताए । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्घोष छ । उनले भने, ‘कार्यविभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं ।’

राजधानीबाट

Skip This
Skip This
Logo