रक्सौल
अमलेखगन्ज पेट्रोलियम पाइप लाइन निर्माणका लागि ३७ लरी पाइप भित्रिएको छ । रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको करिब ३० महिनापछि बल्ल पाइप भित्र्याउने काम सुरु भएको हो । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन बीच काम सुरु गरेको ३० महिना भित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको ३० महिना बितिसके पछि मात्रै पाइप भित्र्याउने काम सुरु गरिएको हो । नेपाल आयल निगमले पछिल्लो समय पाइपलाइनको कार्य तीव्र गतिमा अघि बढेको जानकारी दिँदै ३७ लरी पाइप नेपाल भित्रिसकेको जानकारी दिएको छ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतले पाइपलाइनको कार्यका लागि ३७ लरीमा पाइप नेपाल भित्रिसकेको बताए । ‘३७ लरी पाइप नेपाल भित्रिसकेको छ,’ उनले भने । आईओसी र एनओसीबीच काम सुरु गरेको ३० महिना भित्र पाइपलाइन सञ्चालनमा ल्याउने गरी २४ अगस्ट सन् २०१५ मा सम्झौता भएको थियो । पाइपलाइन निर्माणका लागि भारतबाट १० दशमलव ७५ इन्च बाहिरी व्यास भएको पाइप नेपाल आइरहेको छ । पाइपलाइन निर्माणका लागि नेपाल ल्याइने पाइपको भन्सार पूर्ण रूपले सरकारले छुट दिएको निगम प्रवक्रा गोइतको भनार्इ छ । निगमले नेपाल भित्रिसकेको पाइप वीरगन्ज चिनी कारखानाको जग्गामा जम्मा गरिएको छ ।
पाइप लगायत पाइपलाइन निर्माणमा लाग्ने अन्य सामान समेत राख्न निगमले वीरगन्ज चिनी कारखानाको ३ बिघा जमिन मासिक २ लाख भाडा तिर्ने गरेर यसअघि नै भाडामा लिइसकेको छ । रक्सौल देखि अमलेगन्ज सम्मको पाइपलाइनलाई पछिल्लो समय मोतिहारी देखि चितवन सम्म नै पु¥याइने सम्झौता भइसकेको छ । पाइपलाइन निर्माणपछि हाल ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ अमलेखगन्ज सम्म पाइपलाइन हुँदै आउनेछ ।
राजधानीबाट































प्रतिक्रिया