काठमाडौँ
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा भएको मूल्यवृद्धिका कारण काम गर्न समस्या परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरको ध्यानाकर्षण गराएको छ । "/>

मूल्यवृद्धिका कारण काम गर्न समस्या

मूल्यवृद्धिका कारण काम गर्न समस्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा भएको मूल्यवृद्धिका कारण काम गर्न समस्या परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरको ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले मन्त्री बलायरलाई मन्त्रालयमा भेटेर मूल्यवृद्धिले निर्माण व्यवसायी र आम जनता समस्यामा परेको भन्दै ध्यानाकर्षण गराएको हो । केही साता अघि देखि इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवा जस्ता प्रमुख सामग्रीमा अप्रत्याशित रुपमा मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी मर्कामा परेको बताइएको छ । यस्तै काम गरेको बजेट निकासा नहुँदा व्यवसायी ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन समेत टोलीले मन्त्री बलायरलाई आग्रह गरेका छन् । भेटपछि मन्त्री बलायरले निर्माण व्यवसायीले राखेका माग राम्रो भएको भन्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको भनार्इ उद्धृत गर्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले जानकारी दिए ।
रासस

Logo