पाँचथर
जिल्ला अस्पताल पाँचथरले करिब एक महिना देखि नयाँ भवन निर्माण सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले २१ करोड ३४ लाखमा सो भवन निर्माणको जिम्मा लिएको छ । "/>

सरकारी भवन नै मापदण्ड विपरीत निर्माण हुँदै

सरकारी भवन नै मापदण्ड विपरीत निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

पाँचथर
जिल्ला अस्पताल पाँचथरले करिब एक महिना देखि नयाँ भवन निर्माण सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले २१ करोड ३४ लाखमा सो भवन निर्माणको जिम्मा लिएको छ । जिल्ला अदालत पाँचथर पनि भवन निर्माणको चरणमा छ । ३ करोड ३७ लाख लागतमा निर्माण हुन लागेको सो भवन जिल्लाको ठूला भवन मध्येमा पर्छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले निर्माण गर्दै गरेको भवन पनि जिल्लाका ठूला भवन मध्ये पर्छ ।

तर अधिकांश सरकारी भवन नक्सा पासविनै निर्माण भइरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार भवन निर्माण अघि नक्सा पास अनिवार्य छ । तर अधिकांश सरकारी कार्यालयले सो कानुनी व्यवस्थालाई बेवास्ता गरिरहेका छन् ।

राज्य पुनर्संरचनासँगै नगरपालिकाले सो कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनु पर्ने भए पनि नगरपालिका नै अलमलमा छ । नगरपालिका स्थापना भए यता बनेका भवनको पनि नक्सा पास छैन । नक्सा पास नभएका धेरै सरकारी तथा गैरसरकारी निकायका भवन निर्माताले नक्सा पास गर्न अपनाउनु पर्ने न्यूनतम तयारी समेत गरेका छैनन् ।
नयाँपत्रिकाबाट

Logo