बलिउड अभिनेत्री राधिका आप्टे थिएटरबाट आएकी अभिनेत्री हुन् । उनले सर्ट मुभी हुँदै बलिउडका दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । ‘वाह ! लाइफ हो त ऐसा’ फिल्मबाट २००५ मा बलिउड डेब्यु गरेकी राधिकाले माझी द माउन्टेन मेन, फोबिया लगायत दर्जन बढी फिल्ममा खेलेकी छिन् । अहिले उनले अक्षय कुमारको फिल्म प्याडमेनमा पनि अभिनय गरेकी छिन् ।
उनै राधिकाले आफ्नो पहिलो महिनावारीलाई लिएर रोचक कुरा साझेदार गरेकी छिन् । फिल्म ‘प्याडम्यान’ को गीत सार्वजनिकको बेला उनले आफ्नो अनुभव सेयर गरेकी हुन् ।
मासिक श्रावमा घरमै भोज ?
राधिकाका अनुसार पहिलोपटक महिनावारी भएको खुशीमा आमाले घरमा पार्टी दिएकी थिइन् । आप्टेले अगाडि सुनाइन्, ‘म पहिलोपटक महिनावारी भएको उपलक्ष्यमा आमाले घरमा ठूलो पार्टी आयोजना गर्नुभएको थियो, जहाँ हाम्रा आफन्त र साथीभाईहरु आएका थिए । मलाई एउटा महंगो घडी र अन्य थुप्रै उपहारहरु प्राप्त भएका थिए ।
घरमा रुढीबादी छैन
आप्टेका अनुसार उनको परिवारमा सबैजना डाक्टर भएकाले कुनै रुढिवादी कुरा हुँदैन । यी कुराहरुका बारेमा आफूलाई पहिल्यै जानकारी भए तापनि पहिलोपटक महिनावारी हुँदा आफू निकै रोएको उनले बताइन् ।
डराएकी थिए
‘आफ्नो बदलिएको शारीरिक अवस्थाका कारण म निकै डराएकी र रोएकी थिएँ, तर आमाले मलाई हौसला दिनुभयो,’ उनले भनिन् ।
सुरुमा सेनिटरी प्याड किन्दा
महिनावारी भएपछि सेनिटरी प्याड किन्न सुरुमा आफूलाई निकै हिच्किचाहट भएको अनुभव पनि उनले सनाइन् । ‘सुरु सुरुमा आमाले किनिदिनुहुन्थ्यो, तर एक दिन सोचेँ कि आफैं किन्नेछु । त्यसपछि म पसलमा गएँ । तर, कुनै शब्द निस्केन मुखबाट । निकै बल गरेर मैले ठूलो आवाज निकालेर सेनिटरी प्याड मागेँ । त्यसपछि भने कुनै संकोच लागेन,’ उनले भनिन् ।





























प्रतिक्रिया