काठमाडौं
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । "/>

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तुलनात्मक रुपमा घट्दै

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तुलनात्मक रुपमा घट्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । यस आवको पहिलो ६ महिनामा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट श्रम स्वीकृति लिइ विदेशिनेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा रोजगारीका लागि विदेशिने नेपाली १ लाख ६८ हजार ७ सय ८१ जना रहेको छन् । गतवर्षको सोही अवधिको तुलनामा यो संख्या १ लाख ७४ हजार भन्दा बढी नेपाली विदेश गएका थिए । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि निरन्तर घटेको देखाएको छ ।

चालू आवको मंसिरमा २४ हजार ४ सय ९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा पुसमा त्यो घटेर २२ हजार ४ सय ४९ पुगेको हो। कात्तिक महिनामा सो संख्या ३१ हजार भन्दा बढी रहेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुसमा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई २७ हजार ९ सय २७ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन् । अघिल्लो महिनामा यो संख्या २७ हजार ९ सय ६५ रहेको थियो। चालू आवमा रोजगारीको क्रममा विदेशिने मध्ये १ लाख ५८ हजार ३ सय ३३ जना पुरुष रहेका छन् भने ९ हजार ८ सय ५७ जना महिला छन् । पुसमा विदेशिने महिला कामदारको संख्या १ हजार ४ सय ६४ रहेको छ, जुन मंसिरको तुलनामा ५८ जनाले कम हो।

नेपाल समाचारपत्रबाट

Logo