विर्तामोड
झापाको अर्जुनधारा नगरपालिकामा शनिवार साँझ एक जना महिलाको हत्या भएको छ । घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । "/>

श्रीमानद्वारा खुर्पाले हानेर श्रीमतीको हत्या

श्रीमानद्वारा खुर्पाले हानेर श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

विर्तामोड
झापाको अर्जुनधारा नगरपालिकामा शनिवार साँझ एक जना महिलाको हत्या भएको छ । घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतराजले १८ वर्षीया श्रीमती युनिता लिम्वूको धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

डीएसपी कृष्णराज कोइरालाका अनुसार युनिताको दुई साता अघि मात्रै पाँच महिनाको गर्भ खेर गएको थियो । उनी शारीरिक रुपमा अस्वस्थ रहेकै बेला गहतराजले खुर्पाले हानेर मारेका हुन् । घटना लगत्तै प्रहरी चौकी अर्जुनधाराले उनलाई पक्राउ गरेको छ । युनिताको शवलाई आइतवार विहान पोष्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट

Logo