दाङ
पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ । शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो । "/>

दाङको बन्द हिजो बेलुकाबाट खुल्यो

दाङको बन्द हिजो बेलुकाबाट खुल्यो

केन्द्रबिन्दु
0
Shares

दाङ
पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ । शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो । तर आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने वैठकले निर्णय गरेको छ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन र उक्त निर्वाचनका लागि निर्वाचन आयोगले बन्द कार्यक्रम नगर्न आग्रह गरेकाले बन्दको कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।

अबको आन्दोलन अन्तर्गत कालो झण्डा प्रदर्शन, डेलिगेशन, विरोधसभा, ज्ञापन पत्र बुझाउने, धर्ना कार्यक्रम, रिले अनशन एबं कानुनी उपचारका लागि सर्वोच्च अदालत सम्म जाने सम्मका आन्दोलनका कार्यक्रम तय गरिएको छ । जस अन्तर्गत आईतवार सम्पूर्ण जिल्लाबासीहरुले आआफ्नो निवासमा कालोझण्डा गाड्ने, सार्वजनिक स्थलहरुमा कालोझण्डा गाड्ने, घोराही, तुलसीपुर, लमही र घोराहीमा कालोपट्टि बाँधेर विरोध जुलुस निकाल्ने कार्यक्रम तय भएको छ।
नागरिकबाट

Logo