नेपोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियामाथि जित निकाल्दै नेपोलीले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
खेलको पाँचौ मिनेटमा नै कालीडोउ कोउलीबेलीले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । २०औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ३०औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई ३–० को अघि बढाए । ४०औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीलाई पहिलो हाफमै ४–० को फराकिलो अग्रता दिलाए ।
खेलकाे ७०औ मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै स्पेजियाले पूनरागमन प्रयास गरे । ७३औं मिनेटमा जेनारो एकाम्पोराले गोल गरेपछि खेल ४–२ को अवस्थामा खेल सकिएकाे हाे ।





























प्रतिक्रिया