काठमाडौं,६,माघ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा कैद गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । "/>

प्रदेश प्रमुखको शपथमा निजी संचारकर्मीलाई राष्ट्रपतिभवनमा प्रवेश निषेध

प्रदेश प्रमुखको शपथमा निजी संचारकर्मीलाई राष्ट्रपतिभवनमा प्रवेश निषेध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६,माघ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा कैद गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो । अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्ष सम्म पुर्‍याइयो । लामा लेन्स र क्यामेरा बोकेका पत्रकार कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थलमा लगिने आश्वासन कार्यालयका अधिकारीको थियो ।

शीतल निवासमा प्रधानमन्त्रीको कारकेड प्रवेशसँगै मंगल धुन बज्न थाल्यो । हलमा कार्यक्रम सुरु भएपछि एक सैनिक अधिकारी आएर रेडियो नेपाल, रासस, गोरखापत्र र नेपाल टीभीका पत्रकार भित्र लगे । अनि निजी सञ्चार माध्यमका पत्रकारलाई फर्कन आदेश दिए । सक्रिय राजतन्त्रकालमा समेत नारायणहिटी दरबारका औपचारिक समारोहहरूमा पत्रकारलाई निषेध थिएन । दौरा सुरुवाल लगाउनु पर्ने सर्त पालना गरेपछि पत्रकारले निर्वाध समाचार र दृश्य संकलन गर्न पाउँथे । त्यस समय पनि यी रासस, गोरखापत्र आदि सरकारी मिडिया नभएका होइनन् तर अहिले जस्तो स्वतन्त्र मिडिया माथि प्रवेशको प्रतिबन्ध थिएन ।

आमसरोकारका विषय सुसूचित गर्ने दायित्व लिएको हुनाले नै पत्रकारितालाई चौथो अंग मानिएको हो । तर यो विश्वव्यापी मान्यता उपेक्षा गरी हरेक गतिविधिको समाचार हामी आफैं दिन्छौं भन्नु सेन्सरसिपको नमुना हो । शीतल निवासको यस्तो रवैया लोकतान्त्रिक गणतन्त्रमा अपेक्षित छैन । पत्रकारहरू यो ऐतिहासिक घटनाको समाचार संकलन गर्न दिन अनुरोध गरी नै रहे । तर सैनिक अधिकारीले ‘माथिको आदेशु भन्दै पत्रकारलाई एकाएक बाहिर निकाले । पत्रकारले ढोकामा क्यामेरा राखेर सरकारी रवैयाको विरोध पछि आआफ्नो कार्यालय फर्के । राष्ट्रपति कार्यालयले स्वतन्त्र पत्रकारिता माथि हस्तक्षेप मात्रै गरेको छैन । कार्यस्थलमा लामो समय कुराउने र अनावश्यक रूपमा शरीरको खानतलासी गरी कार्यक्रम स्थलसम्म पुर्‍याएर फर्काउँदै अपमान गरेको छ ।
अन्नपूर्णबाट

Logo