काठमाडौं, ३ माघ ।
इन्डोनेसियामा प्रहरीले एक नेपालीको हत्या गरेको छ । त्यहाँको स्थानीय सञ्चारमाध्यमका अनुसार ३४ वर्षिय शरण तामाङलाई लागू औषध तस्करको आरोपमा गोली हानिएको हो । तामाङको नेपालको ठेगाना खुलाइएको छैन् ।
प्रहरी भन्छ, तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म प्रहरी पुगेको हो । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।
लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ ।
होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।





























प्रतिक्रिया