काठमाडौं,२,माघ
पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले हिजो तीन घण्टा काम छोडेर विरोध जनाए । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ गत पुस २७ गतेबाट देशव्यापी रुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ । "/>

३ घण्टा काम छोड्दै नर्सहरुले विरोध जनाए

३ घण्टा काम छोड्दै नर्सहरुले विरोध जनाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२,माघ
पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले हिजो तीन घण्टा काम छोडेर विरोध जनाए । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ गत पुस २७ गतेबाट देशव्यापी रुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ ।

माग पूरा नभएको भन्दै नर्सहरुले हिजो देखि ३ गते सम्म दिनको तीन घण्टा काम छोडेर विरोध जनाउने छन् । संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ गते देखि ६ गते सम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमै काममा नजाने बताए । उनले भने, “अझै माग पूरा नभए माघ ७ गते देखि २४ घन्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौँ।” आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको संघकी कार्यवाहक अध्यक्ष थापाको भनार्इ छ। गत पुस २६ र २७ गते कालोपट्टी बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजे सम्म काम छोडेका थिए।
रासस

Logo