हेटौंडा, १, माघ
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १०० रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । "/>

हेटौँडा सिमेन्टले प्रतिबोरा १०३ रुपैयाँ मूल्य बढायो :घर बनाउँदै गरेका भूकम्पपीडितहरु समस्यामा

हेटौँडा सिमेन्टले प्रतिबोरा १०३ रुपैयाँ मूल्य बढायो :घर बनाउँदै गरेका भूकम्पपीडितहरु समस्यामा

केन्द्रबिन्दु
0
Shares

हेटौंडा, १, माघ
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १०० रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्यवृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याट सहित प्रतिबोरा ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।

प्रतिबोरा १० कमिशन दिँदै आएकोमा अब १५ पु¥याएको छ । मूल्यवृद्धि गर्नु अघि उपभोक्ताले प्रतिबोरा ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले ९४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् । शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नु परेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।
रासस

Logo