काठमाडौँ,३०,पुस
नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाकी उपमेयरलाई धुलो र मास्क हस्तान्तरण गरेको छ । धुलो, धुवाँरहित काठमाडौं निर्माण गर्न माग गर्दै नेविसंघले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई काठमाडौंका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क हस्तान्तरण गरेका थिए। "/>

काठमाडौं महानगरकी उपमेयरलाई नेविसंघले किन दियो धुलो र मास्क ?

काठमाडौं महानगरकी उपमेयरलाई नेविसंघले किन दियो धुलो र मास्क ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,३०,पुस
नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाकी उपमेयरलाई धुलो र मास्क हस्तान्तरण गरेको छ । धुलो, धुवाँरहित काठमाडौं निर्माण गर्न माग गर्दै नेविसंघले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई काठमाडौंका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क हस्तान्तरण गरेका थिए।

नेविसंघले काठमाडौं महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको थियो । धर्नामा ‘सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाऊ राजधानी धुलोरहित, बाँचौं सबै खुसी सहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा, जनता छन् धुवाँ र धुलोको सास्तीमा’ जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका थिए। महानगरको बेवास्ता गर्दा दैनिक लाखौं जनताले धुलो र धुवाँमा हिँड्नु परेको भन्दै दबाब स्वरुप मास्क र धुलो वितरण गरेको नेविसंघले जनाएको छ।

धुलो र मास्क बुझ्दै उपमेयर खड्गीले धुलो मुक्त काठमाडौं महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्रे गर्न निर्देशन दिइ सकिएको बताइन् । धर्नामा नेविसंघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरू हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाल लगायतको सहभागिता रहेको थियो।
नेपाल समाचारपत्रबाट

Logo