वीरगन्ज , २९, पुस

स्थानीय प्रशासनले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १४ निजी औषधि पसल र फार्मेसी सिलबन्दी गरेको छ । "/>

अस्पताल हाताका १४ औषधि पसलमा सिल

अस्पताल हाताका १४ औषधि पसलमा सिल

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज , २९, पुस

स्थानीय प्रशासनले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १४ निजी औषधि पसल र फार्मेसी सिलबन्दी गरेको छ । दुई वर्ष देखि अस्पताल परिसरका सटर कब्जा गरेर निजी औषधी पसल र फार्मेसी संचालन हुदै आएका थिए। अस्पताल विकास समिति र अस्पताल प्रशासनले लिखित रुपमा पटक पटक सटर छाड्न ताकेता गर्दा नटेरेपछि शुक्रबार स्थानीय प्रशासनले निजी औषधि पसल र फार्मेसीमा सिलबन्दी गरेको हो ।

नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र रहेका १६ वटा सटरमा आफताब मेडिकल, प्रभात मेडिकल हल, नारायणी फार्मेसी, सुरभी फार्मेसी, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल हलका साथै कृष्ण कोल्ड स्टोर, गुप्ता मिष्ठान्न भण्डार गरी १४ वटा पसल बिगत दुइ वर्ष देखि अवैध रुपमा सन्चालनमा रहेका थिए । औषधि पसलका सञ्चालकले अस्पताल प्रशासनको आग्रहलाई अटेर गरेपछि निजी औषधि पसल र नास्ता पसलमा सिल गरिएको अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo