काठमाडौं,२७, पुस
कार्यसम्पादन फाराम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । "/>

हामीले नवराज सिलवाललाई फेला पार्न सकेनौं : काठमाडौं प्रहरीलाई ललितपुरको पत्र

हामीले नवराज सिलवाललाई फेला पार्न सकेनौं : काठमाडौं प्रहरीलाई ललितपुरको पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७, पुस
कार्यसम्पादन फाराम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फाराम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साता अघि पत्र पठाएको थियो । बुधबार सोही पत्रको जबाफ दिँदै महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो । ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायोे । काठमाडौं परिसरले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन् । सिलवालले आफू कार्यक्रमको सिलसिलामा मलेसिया पुगेको दाबी गरेका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन रेकर्डमा सिलवाल नेपाल बाहिर गएको पाइँदैन ।

नागरिकबाट

Logo