प्रधानन्यायाधीशलाई इजलासमा झिकाउन माग !

प्रधानन्यायाधीशलाई इजलासमा झिकाउन माग !


काठमाडौं, २६ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन डा. गोविन्द केसीका वकिलहरुले माग गरेका छन् ।

डा. केसीको तर्फबाट बहस गर्ने वकिलहरुले प्रधानन्यायाधीशलाई पनि बेञ्चमा झिकाउन माग गरेका हुन् । अधिवक्ता दिनेश त्रिपाठीले पराजुलीलाई इजलासमा झिकाएर आफ्ना कुरा राख्न दिनुपर्ने बताए ।

अदालतमा बयानका क्रममा र इजलासमै डा. केसीले पराजुलीमाथि गम्भीर आरोप लगाएका छन् । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।

साथै प्रधानन्यायाधीशमाथि लागेको आरोपहरुबाट छानविन गर्नुपर्ने केसीका वकिलहरुको माग छ ।

Logo