काठमाडौं,२५,पुस
सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेश स्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । "/>

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५,पुस
सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेश स्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो बेवसाइट मार्फत पुस १४ गते जारी गरेको सार्वजनिक बिदा सम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । वि.सं. ०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि वि.सं ०६३ देखि अघिल्लो साल सम्म सो बिदा कटौती गरिएको थियो ।

यसै विच शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले नेपाल राष्ट्र बैंकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर अंकित नोट निष्काशन गरेमा राष्ट्रिय एकताको अभिवृद्धि हुने बताएका छन् । संस्कृतिविद डा. जगमान गुरुङले राष्ट्रलाई एकताबद्ध गरी विविध परम्परा र संस्कृतिलाई संरक्षण गरेका शाहको योगदानलाई स्मरण गरेर सरकारले नै एकता दिवस मनाउनु पर्नेमा जोड दिए ।
गोरखापत्रबाट

Logo