काठमाडौँ, २२, पुस
जलविद्युत् उत्पादनका लागि १३ हजार ६ सय ५३ मेगावाटका आयोजनाले सर्वेक्षण अनुमति प्राप्त गरेका छन् । विद्युत् विकास विभागले हाल सम्ममा विभिन्न २ सय ६७ आयोजनबाट सो क्षमताका विद्युत् उत्पादनका लागि अनुमति दिएको हो ।
विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले उत्पादनको माग र विभागको सर्वेक्षणका आधारमा ती आयोजनाका लागि सर्वेक्षण अनुमति दिइएको बताए । ‘हाल सम्म विभागले १३ हजार ६ सय ५३ मेगावाटका लागि सर्वे लाइसेन्स इस्यु गरिसेकेको छ,’ उनले भने, ‘थप आयोजनाको अध्ययन कार्य पनि भइरहेको छ ।’ महानिर्देशक सिंहका अनुसार विभागले जेनरेसन लाइसेन्स तर्फ हाल सम्ममा १ सय ५० वटा ओयोजनाको ४ हजार ३२६ मेगावाटका लागि अनुमति दिइएको छ । यी आयोजना निर्माण भए पश्चात् मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य मात्र नभई विद्युत् निर्यात गर्न समेत सकिने विभागले जनाएको छ । विभागका अनुसार ट्रान्समिसन लाइनतर्फ भने सर्वे लाइसेन्स ८८ वटाको दिइएको छ ।
राजधानीबाट





























प्रतिक्रिया