नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट मृत्यु

नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २० पुस | नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ । 

राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

Logo