दाङ,२०,पुस
राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । "/>

२५ लाख खर्च गरेर २२९ भोट !?

२५ लाख खर्च गरेर २२९ भोट !?

केन्द्रबिन्दु
0
Shares

दाङ,२०,पुस
राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवार मध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो । रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । यो खर्च अनुसार निकै अस्वाभाविक देखिन्छ । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको प्रतिक्रिया दिए । ‘म मतगणना नसकिँदै निस्कें त्यसैले मेरो भोट कति भनेर मलाई नै थाहा छैन,’ उनले भने, ‘निर्वाचन कार्यालयले तथ्यांक राखेको होला ।’

उनले सबै भन्दा बढी खानपानमा खर्च भएको बताए । ‘म र मेरा प्रतिनिधिले निर्वाचन कार्यालयले दिएको खर्च विवरण सम्बन्धी फाइलमा एकएक विवरण भरेका छौं,’ उनले भने, ‘सबै भन्दा खर्च कार्यकर्ताको खानपानमा भएको छ ।’ यसैगरी सवारी साधन प्रयोग, इन्धन लगायत चुनाव प्रचार प्रसार सामग्री निर्माणमा रकम खर्च भएको उनले बताए । ‘चुनावका हरेक चिजको व्यवस्थापनमा यति रकम खर्च भइहाल्छ नि,’ उनले भने, ‘कार्यकर्ता परिचालन, चुनावी सामग्री निर्माणमा सामान्य खर्चले कहाँ पुग्छ र ?’ उनले खर्चअनुसार मत भने प्राप्त गर्न नसकेको स्विकारे ।

यो क्षेत्रबाट निर्वाचित माओवादी नेता कृष्णबहादुर महराले पेस गरेको खर्च २१ लाख २८ हजार रुपैयाँ रहेको निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका राजु खनालको चुनावी खर्च २० लाख ७० हजार ५ सय पेस भएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo