सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
624
Shares

काठमाडौं ।
बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुन तोलाको ७०० रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७०० रुपैयाँले घटेर तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने १५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर पाँच हजार ७१० रुपैयाँ पुगेको छ।

Logo