सप्तरी ,२०,पुस
शीतलहर र हुस्सुका कारण अत्याधिक चिसो बढेपछि सप्तरीमा दुई जना मजदुरको कठ्याङ्गिएर मृत्यु भएको छ । तीन दिन यता बिहानै देखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरुको कठ्याङ्गिएर मृत्यु भएको हो । दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ विरपुरका ३६ वर्षीय कुल्दीप राय र सोहि वडा अन्तर्गत वरही टोलका ३५ वर्षीय रामदयाल रामको कठ्याङ्गिएर मृत्यु भएको वडा अध्यक्ष विनोदकुमार यादवले बताए ।
उनका अनुसार आर्थिक रुपमा विपन्न रायको गत मंगलवार र रामको सोमवार कठ्याङ्गिएर मृत्यु भएको हो । जिल्लामा शितलहर र हुस्सु बढेसँगै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ । चिसाले विपन्न, गरिब तथा दलित समूदायको जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भईरहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया