ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँचौं स्थापना दिवस मनायो

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँचौं स्थापना दिवस मनायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । अस्पताल संचालनको पाँच बर्ष पुरा भएको उपलक्षमा अस्पताल परिसरमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको बिशिष्ठ अतिथिका रुपमा टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव पोखरेलले आफु ग्रान्डी अस्पतालको सुभेच्छुक भएको र आफ्नो साथ र सहयोग सधैं रहने बताउनु भयो ।
उहाँले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी अस्पतालले अत्यन्त उदाहरणिय कार्य गरेको जिकीर गर्दै यस अस्पतालबाट अन्य अस्पतालहरुले धेरै कुराहरु अनुकरण गर्नुपर्ने रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालीकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पताल यस क्षेत्रकै पहिचानका रुपमा रहेको र यसका लागि नगर प्रमुखका हैसियतमा जे जस्तो सहयोग गर्नपनि आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इ। दिपक कुँबरले थुप्रै चुनौती र सम्स्याहरुलाई छिचोल्दै आज देशको आदर्श स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउन योगदान दिनुहुने सम्पूर्ण सहयोगि सहृदयिहरुप्रति आभार ब्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले स्वास्थ्य सेवाका क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणिय कार्य गरेको जिकीर गर्दै आगामी दिनमा अझ स्तरिय सेवा प्रदान गर्दैजाने प्रतिबद्धता दोहोर्याउनु भयो । उहाँले ग्राण्डी अस्पताल सबैको अस्पताल भएकाले सरकारसँग सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको बताउनुभयो ।
भुकम्प जस्ता बिपदका समयमा समेत अत्यन्त धैर्यपूर्वक र जिम्मेवारीपूर्ण ढंगबाट बिरामीको सेवामा अहोरात्र सेवा गरेर अस्पताललाई आजको अबस्थामा पुर्याउन

सहयोग गर्नुहुने मेडिकल स्टाफ तथा कर्मचारीहरुप्रति आफु आचारी रहेको जिकीर गर्नुभयो ।

संचालनको चौथो बर्ष पुरा गर्दा सम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिनमा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ ।
बितेका चार बर्षमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पितालले ९४, २१, ८४८० चारलाख एक्काइस हजार आठसय अढ्चालिस जना बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको छ । त्यसैगरी ९२९, ३१८० उनान्तिस हजार तिनसय अठार जनालाई अन्तरङ्ग सेवा प्रदान गरेको छ । यस अस्पतालको आकस्मीक उपचार सेवाबाट बिगत चार बर्षमा ९२४, ६४२० चौबिस हजार छ सय बयालिस जना लाभान्वित भइसकेका छन् ।

अस्पतालको अत्याधुनिक अपरेसन थिएटरमा ९१९, ४६८० उन्नाइस हजार चारसय अढ्सठ्ठी जनाको शल्यकृया भइसकेको छ । अस्पतालको इन्टरनेशनल पेसेन्ट सर्भिस आइपिएस अन्तर्गत हालसम्म ९२, ३१६० दुइ हजार तिनसय सोह्र जना बिदेसी नागरीकहरुले उपचार सेवा पाइसकेका छन् । देसका दुर्गम भागका बिरामीहरु तथा अन्य शहरमा भएका बिभिन्न अस्पताल तथा उपचार केन्द्रबाट हेलिकप्टर इमरजेन्सी एम्बुलेन्स सेवा ९एचइएमएस० को माध्यमबाट ९६१०० छ सय दस जनाको उद्धार गरी अस्पताल ल्याएर उपचार गरिएको अस्पतालले जनाएको छ ।अस्पताललाई उत्कृष्ट सेवा प्रदायक बनाउन देशको पहिलो इएमएस सेवा जहाँ चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुबिधा सम्पन्न एमबुलेन्स तथा एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ ।

अस्पतालको आइसियू सिसियू ,हाईकेयर, एनआइसियू र पिआइसियूले बिरामीको सघन उपचारको आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।
हृदयाघात भएर आएकाहरुकोलागि कार्डियाक इन्टरभेन्सन देखी मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृया सम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ ।

त्यसैगरी ग्राण्डी अस्पतालले प्रदान गर्दै आएको मृगौला प्रत्यारोपण सेवा पनि अत्यन्त सफल रहेको छ । नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिमको संलग्नता रहेको यस अस्पतालको मृगौला प्रत्यारोपण सेवा पनि बिरामीहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ ।

ग्रान्डी अस्पतालमा एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेका छन् । अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

नेपालमा बिश्वस्तरको उपचार सेवा प्रदानगर्ने अन्तर्राष्ट्रिय अस्पतालको आवश्यकता खड्कीरहेका बेला चार बर्ष अघि परिकल्पना गरिएको ग्रान्डी अस्पताल उपचारका लागि बिदेश जाने नेपालीहरुकालागि समेत स्वदेशमा नै एउटा राम्रो बिकल्पको रुपमा स्थापित भएको छ ।

चौथो बर्ष प्रबेश गरिरहँदा स्वास्थ्य उपचारको क्षेत्रमा पुर्यालएको योगदान तथा उत्कृष्ट सेवाका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बर्ष २०१६ को उत्कृष्ट सेवा प्रदायक अस्पताल ‘हस्पिटल अफ द इएर २०१६’ फ्रस्ट एण्ड सुलिभान अवार्ड बाट सम्मानित भएको थियो ।

Logo