अभियन्ता वादी प्रहरी नियन्त्रणमा

अभियन्ता वादी प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । प्रहरीले वादी अभियन्ता डा रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।

आज सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा.रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “इजलासमा हुलहुज्जत गर्न खोजेपछि उहाँलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।”

सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा रोशनीले सर्वोच्चमा रिट दायर गरेका थिए।

Logo