पोखरा, १९, पुस
नेत्र हिन संघ कास्कीले जिल्लामा दृष्टिविहीनलाई सेतो छडीविहीन नबनाउने र किन्न पनि नलगाउने नीति लिएको छ । "/>

दृष्टिविहीनलाई सेतोे छडीविहीन नबनाउने

दृष्टिविहीनलाई सेतोे छडीविहीन नबनाउने

केन्द्रबिन्दु
0
Shares

पोखरा, १९, पुस
नेत्र हिन संघ कास्कीले जिल्लामा दृष्टिविहीनलाई सेतो छडीविहीन नबनाउने र किन्न पनि नलगाउने नीति लिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले दृष्टिविहीनलाई सेतो छडीको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यका साथ सेतो छडी वितरण गर्दै आएको बताए ।

“सेतो छडी दृष्टिविहीनका लागि आँखा, आत्मबल र परिवार सबै हो,” उनले भने, “जसरी एउटा बच्चाका लागि आमाको दूध अपरिहार्य आवश्यकता हो, दृष्टिविहीनका लागि सेतो छडी त्यस्तै आवश्यकता हो ।” उनका अनुसार कास्की जिल्लामा मात्र दृष्टिविहीनको संख्या एक हजार ४४५ जना रहेको छ ।

सेतो छडी वितरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीकी अध्यक्ष विष्णु पराजुलीले दृष्टिविहीनलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने हेतुले सेतो छडी वितरण गरिएको बताइन् । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान नेपालका सल्लाहकार रामबहादुर बसेलले लायन्सले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक भएको उल्लेख गरे ।
रासस

Logo