काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका १६ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको सूचना सार्वजनिक गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार निर्णय गरिएको जनाएको हो ।
आयोगका अनुसार पद रिक्त हुनेमा रसुवाको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङ, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका कार्यपालिका सदस्य देवेन्द्र सनार, वडा नं. ३ की दलित महिला सदस्य चरदे कामी, वडा नं. १० का वडा अध्यक्ष विवेन्द्र रोकाय र वडा नं. ३ की महिला सदस्य चन्द्रा बस्नेत रहेका छन् ।
त्यस्तै, जिल्ला समन्वय समिति रुकुम पश्चिमकी सदस्य गीताकुमारी केसी, आठबीसकोट नगरपालिका–१३ का वडा अध्यक्ष टेकबहादुर थापा, आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य कृष्णबहादुर घर्तीको पद पनि रिक्त भएको आयोगले जनाएको छ ।
यसैगरी, चौरजहारी नगरपालिका–५ की दलित महिला सदस्य भिमी सार्की, आठबीसकोट नगरपालिका–१० का वडा अध्यक्ष गणेश कुमार शाह, मुसीकोट नगरपालिकाका कार्यपालिका सदस्य राजु विक, चौरजहारी नगरपालिका–३ का वडा अध्यक्ष लालबहादुर बुढा, वडा नं. ५ का वडा अध्यक्ष खुमबहादुर बुढका र वडा नं. ११ का वडा अध्यक्ष तुल्से ओलीको पद समेत रिक्त भएको छ ।
आयोगको सूचनाअनुसार जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद पनि रिक्त भएको छ ।
पद रिक्त हुने जनप्रतिनिधिहरूको विवरण यस्तो छः






























प्रतिक्रिया