यी व्यक्तिलाई छुनै हुन्न मृत्यु हुन सक्छ, यस्तो छ रहस्य

यी व्यक्तिलाई छुनै हुन्न मृत्यु हुन सक्छ, यस्तो छ रहस्य

केन्द्रबिन्दु
0
Shares

यस्तो कथा तपाईले केवल किस्सा, कहानीमा मात्र सुन्नुभएको होला । तर यहाँका मानिस यसलाई वाध्यता मान्छन् । विज्ञानले पनि यस कुरालाई मान्न तयार छैन,
जो यहाँ हुने गर्छ । तपाईलाई यो मजाक पनि लाग्न सक्छ । जबकी यो सत्य हो । यहाँ एक यस्तो व्यक्ति रहन्छन्, जसलाई छुनसाथ कसैको मृत्यु हुनसक्छ ।

यो पश्चिम अफ्रिकामा रहेको सानो देश बेनिनको हो । भनिन्छ यहिबाट कालो जादूको सुरुवात भएको हो । यहाँ रहने एक समुदायका विशेष व्यक्तिले यसलाई पुष्टि पनि गरिरहेका छन् । उनीहरुले यहाँ त्यसलाई इगुनगुन नाम दिएको छ । मानिसहरु यसलाई सेक्रेट सोसाइटी बताउँछन् ।

मिडिया रिपोर्ट अनुसार इगुनगुन समुदायको कुनैपनि व्यक्तिले यदि अरु व्यक्तिलाई छोयो भने उसको तुरुन्तै मृत्यु हुन्छ । साथै उनीहरुको सदस्यको पनि मृत्यु हुन्छ । यी व्यक्ति आम व्यक्तिभन्दा एकदमै भिन्नै देखिन्छन् ।

उनीहरु रंगीचंगी कपडाले आफ्नो सबै शरीर ढाक्ने गर्छन् । त्यही कारण उनीहरुको अनुहार कसैले देख्न पाउँदैनन् । उनीहरु आफ्नो चिनारी लुकाउनका लागि अनुहार छोप्छन् । भनिन्छ, उनीहरुमा मृत पूर्वजको आत्मा हुन्छ । उनीहरु एकदमै चर्को र अनौठो भाषामा कुरा गर्छन् ।

Logo