हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको आग्रह “प्रधानमन्त्रीको राजीनामा माग्नुको अर्थ छैन”

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको आग्रह “प्रधानमन्त्रीको राजीनामा माग्नुको अर्थ छैन”

केन्द्रबिन्दु
51
Shares

काठमाडौं ।
राप्रपा संसदीय दलका प्रमुख ज्ञानेन्द्र शाही ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लाई लक्षित गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिविरुद्ध जनताले मतदान गरेको उल्लेख गरेका छन्। उनले वर्तमान जनादेशको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

शाहीले लेखेका छन्, “माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्।”

उनले देशलाई अगाडि बढाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री लोकतान्त्रिक र संसदप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।

“हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। संसद जनताको आवाज बोल्ने सर्वोच्च लोकतान्त्रिक मञ्च हो,” शाहीले उल्लेख गरेका छन्।

Logo