सुनचाँदीकै मूल्यमा गिरावट

सुनचाँदीकै मूल्यमा गिरावट

केन्द्रबिन्दु
666
Shares

काठमाडौं । हिजो बढेको सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट आएको छ। सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५ सय रुपैयाँ थियो । यसअघि गएको बुधबार सुनको भाउ तोलामा सातसय र बिहीबार तोलामा तीनसय रुपैयाँ बढेको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३ सय ५५ रुपैयाँले घटेर तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ५ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

Logo