संसारमा घुम्न जाने स्थानहरु प्रशस्तै छन् । राम्रा स्थानहरुको विश्वमा कमी पनि छैन । प्राकृतिक रुपले होस् या भौतिक संरचना निर्माणको दृष्टिकोणले डुल्ने र घुम्ने स्थान भने प्रशस्तै रहेको छ । तर, संसारमा यस्तो स्थान पनि छ, जहाँ घुम्नका लागि राम्रो मानिदैन ।
यहाँ त्यस्तै घटिया टुरिष्ट डेस्टिनेशनको बारेमा दिइएको छ ।
किव, युक्रेन
युक्रेनको राजधानी किव भ्रमणका लागि उपयुक्त गन्तव्य मानिदैन । किनभने यहाँ केहि समययता सरकार बिरोधी आन्दोलन चर्किरहेको छ, जसले पुरै शहरलाई ध्वस्त बनाइरहेको छ ।
पोर्ट ओ प्रिन्स, हैटी
हैटीमा सन् २०१० मा बिनासकारी भूकम्प गयो, जसको असर अहिलेसम्म देखिन्छ । यस भूकम्पले पोर्ट ओ प्रिन्सका ५० प्रतिशत मानिस घरबारविहिन भए । त्यहाँ हेर्न लायक संरचनाहरुको खासै पूर्ननिर्माण हुन सकेको छैन ।
दमास्कस, सिरिया
सिरियामा पछिल्लो पाँच बर्षयता गृहयुद्ध चलिरहेको छ । यहाँ बिद्रोहीका साथै आइएसआइएसको आतंक जारी छ । यसको धेरै असर राजधानी दमास्कसमा परेको छ ।
मोगादेशु, सोमालिया
सोमालियाको राजधानी मोगादेशु अफ्रिकाकै सबैभन्दा हिंस्रक शहर मानिन्छ । यहाँ बिगत लामो समयदेखि अस्थिर माहौल रहेको छ । आतंककारी समूह अल शबाबले यहाँ हत्या, हिंसा र अपहरण गरेर आतंक मच्याइरहेका छन् ।
प्योङयाङ, उत्तर कोरिया
यो विश्वकै रहस्यमयी देश उत्तर कोरियाको राजधानी हो । यहाँ कुनैपनि बिदेशी आएको–गएको निगरानी राखिन्छ । यहाँ एक्लै घुम्न र फोटो खिच्न मनाही गरिएको छ ।
सियुदाद जुआरेज, मेक्सिको
मेक्सिकोको यो शहरलाई विश्वकै सबैभन्दा खतरनाक स्थान मानिन्छ । हत्या, अपहरण र सडकमा जिउदै जलाउने जस्ता कार्य यहाँ सामान्य मानिन्छ ।
बोगोटा, कोलम्बिया
कोलम्बियाको राजधानी बोगोटा शहर लागू औषध कारोबारीहरुको सर्वाधिक ठुलो अखडा हो । यहाँ हत्या, अपहरण, भ्रष्टचार बढी हुने गरेको छ ।
ढाका, बंगलादेश
बंगलादेशको ढाका एकदमै प्रदूषित शहरमा गणना गरिएको छ । विश्वकै प्रदूषित शहरमा यो चौथो नम्बरमा आउँछ । गाडी र कलकारखानाको धुँवाले यहाँको वायुमण्डल प्रदूषित बनाएको छ ।
स्केगनेस, बेलायत
घुम्नका लागि नराम्रो स्थानको सूचिमा बेलायतको यो शहर पनि सामेल छ । यो सुनसान समुन्द्री किनारको शहरमा अहिले क्रमस पर्यटकको चाप कम हुदै गएको छ ।
पोर्ट मोरेस्बी, पापुआ न्यूगिनी
यो एकदमै आपराधिक स्थान हो । तीन लाख बढी मानिसको जनसंख्या रहेको यो शहरमा लुटपाटका घटनाहरु बढी नै हुने गर्छ । जसलाई त्यहाका मानिसहरु सामान्य रुपमा लिने गर्छन् ।





























प्रतिक्रिया