प्रहरीमा भर्ती हुन युवतीको भर्जिनिटी जाँच

प्रहरीमा भर्ती हुन युवतीको भर्जिनिटी जाँच

केन्द्रबिन्दु
0
Shares

जाकर्ता, १५ पुस । प्रहरीमा भर्ती हुनका लागि केहि मापदण्ड पुरा गर्नुपर्छ । भर्ती हुन चाहने शारीरिक रुपमा फिट हुनुपर्छ । पढाईमा पनि योग्यता तोकिएको हुन्छ ।

प्रहरीमा भर्ती हुनका लागि कुमारित्व (भर्जिनिटी) परीक्षण गरिनु अनौठो कुरा हो । एशियाको एक मुलुकमा भने यहि अनौठो नियम रहेको छ । महिलाहरु प्रहरीमा भर्ती हुन चाहेमा उनीहरु भर्जिन हुनुपर्छ भन्ने प्रहरी नियम नै रहेको छ । जसको कारण महिला प्रहरीमा भर्ती हुन चाहने युवतीको भर्जिनिटी परिक्षण पहिला गरिन्छ ।

मेडिकल परीक्षणमा भर्जिन भएको प्रमाणित भएमा मात्र उनीहरुले प्रहरीमा भर्ना हुन पाउँछन् । साथसाथै अन्र्तवार्ताको क्रममा उनीहरुले आफ्नो सुन्दरताको भरपुर प्रदर्शन गर्नुपर्छ । उनीहरु कति सुन्दर छन् भन्ने कुरा पनि जागिरका लागि प्लस प्वइन्ट हुन्छ ।

यस्तो चलन इन्डोनेसियाको हो । इन्डोनेसियामा प्रहरीमा भर्ती खुलेपछि सुन्दर वा राम्री केटीहरु खोजिन्छ । इन्डोनेसियाको मोर्डन पुलिस फोर्समा यस्ता राम्रा युवतीहरुलाई भर्ती गरिन्छ ।

हुन त यस परीक्षणका विरुद्धमा २०१४ मा विश्व स्वास्थ्य संगठनले एक गाइड लाइन जारी गरेको थियो । त्यहाँको मानवअधिकारवादी संगठनले पनि यस विरुद्ध आवाज उठाइरहेको छ । तर त्यहाँको आर्मी फोर्सका प्रमुखले भने यो जायज र सही भएको तर्क गरिरहेका छन् । एजेन्सी

 

 

Logo